प्रधानमन्त्री ओलीले आज सचिवहरूलाई आवश्यक निर्देशन दिंदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवहरूलाई आवश्यक निर्देशन दिँदैछन् । सचिवको ब्रिफिङ सुनेका ओलीले आज दिउसो २ बजे सबै सचिवहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएर आवश्यक निर्देशन दिन लागेको हो ।

बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी हुनेछन् ।

प्रधानमन्त्रीको निर्देशनअनुसार चालू आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको जनाइएको छ ।

गत आइतबार ६ घण्टा सबै सचिवहरूसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा राय लिएका थिए।