सचिवहरुको ब्रिफिङ सकियो, मंगलबार प्रधानमन्त्रीले निर्देशन दिने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ गर्नु भएको छ  । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सिहदरवारमा आज भएको व्रिफिङमा विभिन्न मन्त्रालयका सचिवहरुले आफ्नो मत्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको हो ।

आज सचिवहरुको प्रस्तुति सकियो र भोलि अन्य निकायहरुको थप विफ्रिङ्गपछि मंगलबार मात्र प्रधानमन्त्रीले निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी रहनुभएको थियो ।