प्रधानमन्त्री ओलीले प्राप्त गर्नु भयो दुई तिहाइ सांसदको मत

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गर्नुभएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीलाई  १८८  जना सांसदहरुले विश्वासको मत दिनुभएको हो ।

विश्वासको मतको विपक्षमा ७४   मत परेको थियो ।

विश्वासको मतको पक्ष वा विपक्ष दुबैमा मत नदिने सांसदको संख्या  १ थियो ।

प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेस, एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेश सिंहले मत दिनु भएको थियो ।

प्रधानमन्त्री ओलीलाई नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजबादीले विश्वासको मत दिएनन ।

नेमकिपाका सांसदले विश्वासको मतको पक्ष वा विपक्षमा दुबैमा मत दिएनन ।