प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौं ! नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले साउन  ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।

आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूले साउन ६ गते सम्बोधन गर्ने कार्यसूची छ, सोमबार अपराह्न सम्बोधनको कार्यसूची तय भएको हो,’ बर्तौलाले भने।

एमाले अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्री नियुक्त भएर सोमबार पदभार ग्रहण गरेका थिए।