मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री दाहाल संकेत

काठमाडौँ- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अब संघको मन्त्रीमण्डल पुनर्गठन गरिने बताउनु भएको छ ।

सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुने बताउनु भएको हो ।

पुनर्गठित मन्त्रीमण्डलमा तामाङ समुदायबाट मन्त्री बनाइने पनि प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

”म यहाँहरुलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्नसक्ने ठाउँमा छु भने अब मन्त्रीमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौं जनताको अगाडि भन्दैछु । अब संघको मन्त्रीमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुने बित्तिकै तामाङ मन्त्री हुन्छ । प्रधानमन्त्रीको भनाई छ । यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु । तपाई लाखौं जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु ।” प्रधानमन्त्रीले भन्नु भयो ।