कला, संस्कृति र चाडपर्वका दृष्टिले हामी विश्वमै विशाल र वैभवशाली: प्रधानमन्त्री दाहाल

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित भएको बताएका छन् । छठ पर्वका अवसरमा शनिबार शुभकामना दिँदै उनले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउन तथा जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत पर्वले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

भूगोल र क्षेत्रफलको हिसाबले सानो भएता पनि भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यताका दृष्टिले हामी नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको उनले उल्लेख गरेका छन् ।

भूगोल र क्षेत्रफलको हिसाबले सानो भएता पनि भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यताका दृष्टिले हामी नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको उनले उल्लेख गरेका छन् ।

‘छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु,’ शुभकामना सन्देशमा भनिएको छ, ‘भूगोल र क्षेत्रफलको हिसाबले सानो भएता पनि भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यताका दृष्टिले हामी नेपालीहरू विश्वमै विशाल र वैभवशाली छौं ।’