प्रधानमन्त्री दाहाल जाजरकाेट प्रस्थान

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाकाे १६ जना स्वास्थ्यकर्मीकाे टाेली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उडेका छन्।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उद्धार तथा राहत कार्यमा जुट्न सुरक्षाका तीनवटै निकायलाई प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए।

प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सबैलाई अपिलसमेत गरेका छन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भइ ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियाे। भूकम्पबाट जाजरकाेटमा ३७ र रुकुमपश्चिममा ३६ जनाकाे ज्यान गइसकेकाे छ भने सयौं घाइते भएका छन्।