प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । महत्वपूर्ण चाडवाडको मुखमा नेपाल आयल निगमले गरेको मुल्यवृद्धिको विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले क्याबिनेट बैठक बोलाएको स्वकिय सचिव गंगा दाहालले जानकारी दिएकी छन् ।

‘पेट्रोलियम पदार्थलाई स्वचालित मूल्य प्रणालीमा लिनु पर्छ भन्ने सरोकारवाला निकायहरूको समेत सुझावको नेपाल आयल निगमले केहि महिना अघि देखी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो। तर केही समय यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ (LPG समेत) मा मुल्यवृद्धि भएको र सोही अनुसार नेपाल आयल निगमले मुल्यवृद्धि गरेको देखियो ।’ दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,’नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसङ्ग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ ।’