प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किंदै

काठमाडौं !  प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्कँदैछन्। उनी आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बताइएकाे छ। उनी छेन्दुबाट सिधै काठमाडौं ओर्लिन लागेका हुन्।

प्रधानमन्त्री दाहाल गत भदौ ३० मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए। उनी उतैबाट असोज ५ गते चीन प्रस्थान गरेका थिए।