प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिनअघि गएका प्रधानमन्त्री प्रचण्ड आज (शुक्रवार) स्वदेश फर्किएका हुन् । उनी बिहान १० बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गत साउन ६ गते इटली गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *