यी हुन् प्रधानमन्त्री दाहालका भारत भ्रमणका एजेन्डाहरु

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार भारत भ्रमणमा जाँदैछन् । उनले आफ्नो भारत भ्रमणका एजेण्डाबारे संसदलाई जानकारी गराएका छन् ।

१९५० को सन्धि र सिमा विवादको विषय आफूले गम्भीर ढंगले उठाउने प्रचण्डको भनाई छ । यसबारे दुइ देशका प्रवुद्ध समूह इपिजीमा छलफल हुने उनले बताए । पञ्चेश्वर परियोजनाबारे सकारात्मक छलफल चलिराखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस परियोजनालाई अगाडि बढाउनेबारे नयाँ समझदारी हुने दाबी गरेका छन् ।

एयर रुट लिनेबारे पनि छलफल चलेको र नयाँ रुट पाउने प्रबल सम्भावना रहेको प्रचण्डको दाबी छ । भारतले एयर रुट नदिँदा भैरहवा अन्तराष्ट्रिय विमानस्थल चल्न सकेको छैन ।

ट्रेड ट्रान्जिट र मल कारखाना स्थापना गर्नेबारे पनि ठोस कुरा उठ्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

भारतसँग थाती रहेका सीमासम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य–प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ र प्रतिबद्ध रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *