प्रधानमन्त्री दाहालको भ्रमण जेठ १७ गतेबाट हुने

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय भएको बताइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । यस विषयमा भोली वा पर्सी शनिबारसम्ममा विज्ञप्तिमार्फत औपचारिक जानकारी आउने बताइएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले प्रचण्डको भारत भ्रमणको तयारी गरिरहेका थिए ।

जेठ १७ गते भारत जाने र २० गते फर्किने गरी भ्रमणको तालिका तय भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *