‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बजेटबाट कटौती गर्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बजेटबाट कटौती गर्ने संकेत गरेका छन् ।

माओवादी केन्द्रका पदाधिकारीहरुसँग बालुवाटारमा भएको अनौपचारिक छलफलमा सरकारको नीति तथा कार्यक्रमबारे सामान्य ‘ब्रिफिङ’ गर्दै प्रधानमन्त्रीले प्रधानमन्त्री रोजगारसहित केही कार्यक्रमहरु कटौती गर्ने संकेत गरेका हुन् ।

‘प्रधानमन्त्रीको भनाईमा अनावश्यक बजेट छरिने खालका आयोजनालाई स्थगित गर्ने र रोजगारी, कृषि र उत्पादनमा जोड दिएर अर्को एउटा नयाँ प्रोजेक्ट बनाएर जाने सम्भावना देखिएको’, छलफलमा सहभागी एक नेताले भने ।

‘परिणाम नदिने कार्यक्रमलाई चालु राख्नु आवश्यक छैन भन्नेमा प्रधानमन्त्री पुग्नु भएको पाइयो’ अर्का एक नेताले भने ।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला बेरोजगार नागरिकलाई कम्तीमा वर्षमा एक सय दिन रोजगारी दिनेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *