फास्ट्रयाकको अनुगमन गर्न प्रधानमन्त्री प्रचण्ड निजगढमा

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान बाराको निजगढ गएका छन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाका अनुसार काठमाडौँ–मधेश जोड्ने फास्ट्रयाक अनुगमनका लागि प्रचण्ड निजगढ गएका हुन्।

‘प्रधानमन्त्रीज्यू, फास्टफास्ट्रयाक अनुगमन र निरीक्षण गर्न बारा जानुभएको हो’, उनले भने।

उनका अनुसार प्रधानमन्त्रीले ‘फास्ट्रयाक निर्माणको अवस्थाबारे जानकारी लिनेछन्। अनुगमन सकेर प्रधानमन्त्री आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रेस विज्ञ तिमल्सिनाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *