प्रधानमन्त्रीद्वारा आठौं पटक मन्त्रिपरिषद विस्तार

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आइतबार २ जना मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज परराष्ट्रमन्त्रीमा एनपी साउदलाई तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईलाई नियुक्त गरेका हुन् ।

आज नै मन्त्री एनपी साउदले राष्ट्रपति समक्ष र राज्यमन्त्री चपाईले प्रधानमन्त्री समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । एनपी साउद नेपाली कांग्रेसका सांसद हुन् भने राज्यमन्त्री चपाई नेकपा एकिकृत समाजवादीकी राष्ट्रिय सभा सांसद हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज आठौ पटक मन्त्रिपरिषद विस्तार गरेपनि मन्त्रिपरिषदले अझै पूर्णता पाउँन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *