प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

बिहीबार मन्त्रालय भागठबन्डा नमिलेपछि शुक्रबार बिहान एकपटक सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गरिन लागिएको हो ।

शुक्रबार दिउँसो ३ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय गरिएको गठबन्धनका एक नेताले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान बस्ने बैठकले मिल्न बाँकी मन्त्रालयको भागबन्डा सबै मिलाएर दिउँसो ३ बजे सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *