प्रधानमन्त्रीको ध्यान अब सरकारको पुर्णता

काठमाडौँ । सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच आजदेखि सरकारमा सामेल हुने र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल सुरु हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल सोमबार विश्वासको मत लिइसकेका छन् । सत्ताबाट नेकपा एमाले, राप्रपा र रास्वपा बाहिरिएपछि एक्लै माओवादी केन्द्रले केही समयदेखि सत्ता हाँकिरहेको छ । प्रधानमन्त्रीकै काँधमा अधिकांश मन्त्रालय थन्किँदा गति लिन सकेको छैन ।

अब विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीले चाँडै नै मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् । आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका छन् ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए । उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *