काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट दोस्रोपटक विश्वासको मत लिएका छन् । उनले सोमबार विश्वासको मत लिएका हुन् । यसअघि पुस २६ गते उनले विश्वासको मत लिएका थिए ।
आजको प्रतिनिधिसभा बैठकमा उपस्थित २६२ सांसदमध्ये उनको पक्षमा १७२ मत परेको थियो ।