काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाजको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वको मत लिने प्रयोजनको लागि सोमबार दिउँसो १ बजे बैठक राखिएको जानकारी दिएका हुन् ।
प्रचण्ड गत पुस १० गते आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि उनले पुस २६ गते विश्वासको मत लिएका थिए । तर त्यसपछि सत्ता समीकरण परिवर्तन भएको र सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएकोले उनले पुन: विश्वासको मत लिन लागेका हुन् । सरकारलाई समर्थन दिएको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।