प्रधानमन्त्री दाहालले आज प्रमुख दलका सचेतकहरु सँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएको छन् ।

वालुवाटार स्रोतका अनुसार प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग अहिले बिहान ९ बजे सामुहिक छलफल गर्ने भएका हुन् ।

‘प्रधानमन्त्रीले संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने विषयमा छलफल गर्न लाग्नुभएको छ,’ वालुवाटार स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्डले संसदलाई अझ प्रभावकारी रुपमा लैजानका लागि यो बैठकको आयोजना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *