नवनियुक्त चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङको भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले भेट गरेका हुन्।

भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई, अंग्रेजी नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने उनले बताएको निजी सचिव रमेश मल्लले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *