प्रधानमन्त्रीले आज सांझसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने : दलहरु मन्त्री छान्न व्यस्त

काठमाडौं !  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको लामो छलफल पछि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरुपमा बस्ने तयारी गरेको छु दाहालले भन्नुभएको थियो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *