प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन अमेरिकी राजदूत डीन आर. थोम्पसन बालुवाटार पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थोम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रचण्डको आधिकारीक फेसबुक पेजमार्फत दुईबीचमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो । दुई बीच भेटवार्ता भएको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *