नवनियुक्त प्रधानमन्त्रीको शपथ आज दिउँसो : सानो आकारको मन्त्रीमण्डल बन्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउदै हुनुहुन्छ ।

राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डलाई आज सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराउदै हुनुहुन्छ ।

प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको पनि शपथ आजै हुने जनाइएको छ । आईतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका गरि १७० सांसदहरुको समर्थनमा बहुमतको प्रधानमन्त्री दावी गर्नुभएको थियो ।

उक्त दाबीलाई स्वीकृत गर्दैै राष्ट्रपति कार्यालयले सोमबार प्रधानमन्त्रीको शपथ गराउन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *