प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीविच भेटवार्ता

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन । स्कटल्यान्डको ग्लासगोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कोप २६ का क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ता भएको हो । भेटमा दुबै नेताबीच दीगो विकासका लागि सँगै मिलेर काम गर्न महत्वपूर्ण भएको विषयमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा जोखिम सिर्जना गर्ने विषयमा जोड दिएको बताएका छन् । दुई नेताबीच करिब चार वर्षपछि भेटवार्ता भएको हो । भेटले द्विपक्षीय सम्बन्धमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ । नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेट्दै नयाँ नक्सा जारी गरेपछि बिग्रेको सम्बन्ध सुधारका लागि भेटले सहयोग गर्ने अपेक्षा गरिएको छ । चौथोपटक प्रधानमन्त्री हुँदा देउवाले २०७४ भदौमा दिल्लीमा मोदीसँग भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *