आफ्नो भिडियो बनेकोमा प्रधानमन्त्री देउवाको आक्रोस,कसले बनाएको हो पत्ता लगाउनु

काठमाडौ ! सामान्यतया देशभित्र भईरहेका गतिविधि, सरकार वारेका प्रतिक्रिया तथा जनगुनासोका वारेमा प्रधानमन्त्री भएपछि जानकार हुनु जरुरी छ। त्यसका लागि सरकारले विभिन्न संयन्त्र परिचालन गरेर सुचना संकलन गरिरहेकै छ।

प्रधानमन्त्री कार्यालयमा नियुक्त कर्मचारी, निजी सचिवालय, नेपाली सेना र प्रहरी मार्फत संकल भएको सूचना सरकार र प्रधानमन्त्री समक्ष पुर्याइन्छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘राष्ट्रिय अनुसन्धान विभाग’ समेत प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएकाले सामान्य भन्दा सामान्य सूचना पनि प्रधानमन्त्री समक्ष नहोला भन्नु मुर्खता मात्र हो ।

त्यसमाथि प्रधानमन्त्रीको पार्टीका कार्यकर्ता र पार्टी पंक्तिवाट पनि यस खालका सुचना प्रधानमन्त्रीले लिने प्रचलन छ। त्यसैले देशमा भईरहेका गतिविधि र चर्चाका विषयमा प्रधानमन्त्री अनभिज्ञ होलान भनेर पत्याउन गाह्रो छ। त्यसमाथि स्वयम प्रधानमन्त्रीका विषयमा भईरहेका प्रचार, टिकाटिप्णी र आलोचनाका विषय जानकारी नहोला भनेर पत्याउन झनै गाह्रो छ।

तर, पछिल्ला केही दिन यता (करिव एक साता) प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसामा बनेका भिडियो सामग्रीले सामाजिक सञ्जाल तताएको र आलोचनाहरु भईरहेको विषय आफुलाई जानकारी नभएको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवाले वताएपछि आश्चर्य उत्पन्न भएको छ ।

‘मलाई शेरबहादुर देउवा मन पर्छ, किनभने‘’ शीर्षकमा सामाजिक सञ्जालमा आएका भिडियोका वारेमा देउवाले आफुलाई जानकारी नभएको वताएका छन् ।

आफूनिकटका नेतासँग पार्टीको महाधिवेशनलगायत विषयमा कुराकानी गर्न बुधबार बिहानै देखि निजी निवास बूढानिलकण्ठमा रहेका देउवासँग प्रवक्ता विश्वप्रकाश शर्माबीच कुराकानी भयो ।

प्रवक्ता शर्माले मोबाइल निकालेर देउवाको गुणगान गाउने गरी बनाइएका दुइटा भिडियो बजाएर देखाए । डडेलधुराका तीर्थ शाहीले देउवालाई बिपी कोइरालासँग दाँजेकोबारे बनाइएको भिडियो र महिलालाई ३३ प्रतिशत अधिकार देउवाकै पालामा दिएको दाबी गरिएका भिडियो शर्माले बजाएर सुनाएका थिए।

तथ्य नै नमिल्ने गरी बनाइएका त्यस्ता भिडिओ हेरेपछि देउवाले भिडिओ कसले बनाएको हो भन्ने जिज्ञासा राखेकोका श्रोतले जनाएको छ। ‘मेरोबारे त्यस्तो भिडिओ कसले बनायो?’ प्रधानमन्त्री देउवाले भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘भिडिओ बनाउने को हो पत्ता लगाउनू।’

यस विषयमा सहमहामन्त्री प्रकाशशरण महतले त्यो भिडियो राम्रै भए पनि पार्टी भित्रैबाट विरोध भएकोमा असन्तुष्टि जनाए। महतले महामन्त्री खड्का र प्रवक्ता शर्मालाई लक्षित गर्दै सार्वजनिक भएको प्रधानमन्त्री देउवाको भिडिओबारे सामाजिक सञ्जालमै आलोचना गरेकोमा असन्तुष्टि पोखेका थिए।

यसपछि केहीबेर महामन्त्री खड्का र सहमहामन्त्री महतबीच नोकझोंक नै चल्यो। कांग्रेसका नेताहरूले भने भिडिओ बनाउनुमाभन्दा पनि तथ्य नै तोडमोड हुने गरी देउवाबारे प्रचार गर्न खोजिएकोले विरोध गर्नु परेको बताएका छन्।

ती भिडियाो देउवाकै सचिवालयबाट बनेको दाबी गरिदै आएको छ। नेकपा एमालेका नेता तथा पुर्व सञ्चारमन्त्री गोकुल वास्कोटाले त प्रधानमन्त्री पत्नि आरजु देउवाकै निर्देशनमा ति भिडियोहरु वनिरहेको दावी गरेका छन् । ट्वीटरमा उनले लेखेका छन्–‘मलाई पनि देउवा मन परो। किनकि मोदी र ममता दिदीले भाजपा र त्रिणमुल कांग्रेस जिताउन हायर गरेका प्रशान्त किशोर (जो अहिले कांग्रेस आइको लागि काम गर्न गैसकेका छन) कै सिको गर्दै आरजु भाउजुको नेतृत्वमा साईवर सेल बनाउने सफलता पाएकोमा। जुन टिमले अहिले सोसल साइटमा भब्य देउवा प्रदर्शनी चलाउदै छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *