प्रधानमन्त्रीद्वारा सभामुखलाई फोन गरी कार्यव्यवस्थाको बैठक राख्न आग्रह

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको बैठक स्थलबाट नै सभामुख अग्नि सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न आग्रह गरेका छन्।

उक्त बैठकमा मिलिनियम कर्पोरेशन कम्प्याक्ट (एमसिसी) टेबल गर्ने विषय संसदीय दलको बैठकमा मत मिलेपछि दलका नेता समेत रहेका प्रधानमन्त्री देउवाले बैठक स्थलबाटै सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न आग्रह गरेका हुन्।

बैठकका बिचमा बाहिर निस्किएका नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले भोलीको बैठकमा एमसिसी टेबल हुन सक्ने संभावना रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *