नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने

काठमाडौँ ! प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो ।

रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको हो । वाग्लेले पार्टीका चार नेताबीच ‘राजकाज’का सम्बन्धमा छलफल भएको हो ।