काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई केवल नाचगानको पर्वका रूपमा मात्र बुझ्न नहुने बताएका छन् । उनका अनुसार तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणसँग सम्बन्धित उत्सव हो ।
तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तीजलाई प्रायः गीत-नृत्यको पर्वका रूपमा मात्रै बुझिने गरिएको छ । तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ ।’
