प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तानको ‘अवाजा’ सहरबाट स्वदेश फर्किएका छन्।

साउन २० देखि २३ गतेसम्म आयोजित उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गरेका थिए। सम्मेलनमा समुद्रमा पहुँच नभएका देशहरूले सामना गर्नुपरेका व्यापार, कनेक्टिभिटी र आर्थिक विकासका चुनौतीहरूबारे छलफल भएको थियो।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका उच्च पदस्थ सरकारी अधिकारीहरूले स्वागत गरेका थिए।