प्रधानमन्त्रीको प्रमुख स्वकीय सचीवमा भानु देउवा नियुक्त

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्। शनिबार उनले औपचारिकरुपमा नियुक्ति पाएका हुन्।

प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा पनि भानु देउवा नै प्रमुख स्वकीय सचिव थिए। देउवा कांग्रेस सभापति रहँदा पनि भानुले नै उनको सचिवालय सम्हाल्दै आएका थिए। भानु लामो समयबाट देउवासगै रहेका छन। प्रमुख स्वकिय सचिवको लागि लामो रसाकस्सी पछि भानुले बाजी मारेको बताईन्छ। एक महिना भन्दा बढी प्रधानमन्त्रीले आफ्नो सचिवालयमा कसैलाई नियुक्त गरेका थिएनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *