प्रधानमन्त्री ओली लुम्बिनीमा

लुम्बिनी ! प्रधानमन्त्री केपी शर्मा ओली सोमबार लुम्बिनी पुग्नु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नु भएको हो ।

२५६९ औँ बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी पुग्नु भएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।