प्रधानमन्त्रीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।