धनगढी ! प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्न आइतबार धनगढी आउँदै हुनुहुन्छ ।
आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएका बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्नु भएको थियो।
प्रधानमन्त्री ओली आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । विश्वविद्यालयबाट १ हजार ३७७ जना दीक्षित भइरहेका छन् । प्रधानमन्त्री ओलीले आइतबार नै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।