प्रधानमन्त्री ओली आज दाङ जाँदै, लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौ ! प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदै हुनुहुन्छ। आज लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न तय भएको हो।

बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो।

बैठकलाई प्रधानमन्त्रीले विशेष सम्वोधन गर्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आज दाङको विकास निर्माणका बारेमा पनि त्यहाँ छ्लफल र निरीक्षण गर्नु हुने जनाइएको छ।