काठमाडौं- फ्रान्सको नयाँ प्रधानमन्त्री फ्रास्वाँ बायरो बन्नु भएको छ । राष्ट्रपति इम्यानुअल म्याक्रोनले आफ्ना विश्वासपात्र बायरोलाई नयाँ राष्ट्रपति चयन गर्नु भएको हो ।
मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री हुनुहुन्थ्यो । फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् ।
यसैबीच बायरो अस्थिरताको क्रममा आउनु भएका चौथो प्रधानमन्त्री हुनुहुन्छ । यस अघिका प्रधानमन्त्री मिशेल बार्नियर अघिल्लो साता राजीनामा दिन बाध्य हुनुभएको थियो ।
फ्रान्सको राजनीति नजिकबाट बुझ्नु भएका ७३ वर्षीय बायरोले मेयरका रुपमा पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो । दक्षिण पश्चिमी फ्रान्सबाट निर्वाचित हुने गर्नुभएका बायरो आफूलाई गाउँको मान्छे भनेर चिनाउन मन पराउनु हुन्छ ।