अमेरिकको भ्रमण छोट्याएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किनु हुँदै

काठमाडौं ! संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै हुनुहुन्छ। उहाँ हिजो साँझ अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा भएको महासभाका कार्यक्रम सम्पन्न गरी उहाँ हार्वड विश्वविद्यालयको कार्यक्रमका लागि शुक्रबार बोस्टन आइपुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेल, प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापा लगायतले बिदाइ गर्नुभएको थियो ।