आजबाट घट्यो डिजेल र पेट्रोलको भाउ

काठमाडौं ! नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज माघ २ गतेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटाएको हो ।

भारतबाट घटेर आएकोले नेपालमा पनि मूल्य घटाईएको निगमले जनाएको छ । निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रति लिटर ८३ पैसा घटेर आएको छ  ।

निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने स्थिर राखेको छ  ।

यस्ता छ नयाँ मूल्य सूची :