आजबाट बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ ! नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बुधबारबाट लागू हुने गरि पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल/डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल/मट्टितेल १५३ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *