भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ ! भारतीय आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। प्रत्येक १५/१५ दिनमा मूल्य अपडेट गर्ने कर्पोरेसनले मंगलबार नयाँ मूल्य सूची पठाएको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ। हाल पट्रोलको मूल्य १६४ रुपैयाँ छ।

यस्तै, मट्टितेल साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य भने एक सय रुपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ।

भारतबाट मूल्य बढेर आएसँगै नेपालमा पनि मूल्य बढ्ने आयल निगमले जनाएको छ। निगमले साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि भारतीयले पठाएको मूल्यअनुसार समायोजन हुने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *