भारतबाट डिजेलमा वृद्धि र पेट्रोलमा घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य

काठमाडौं ! भारतीय आयल निगम (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको छ । नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ ४७ पैसा बढेर आएको छ । आईओसीले नेपाल आयल निगमलाई हरेक १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँने गरेको छ ।

नेपाल आयल निगमले आज आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गर्ने भएको छ । आजबाट पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ लागू हुन लागेको हो।

भारतबाट आएको मूल्यमा निगमले ३ प्रतिशत नाफा राख्ने छ । एलपी ग्यासमा भने नाफा राखिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *