पेट्रोलियम पदार्थमा आजदेखि स्वचालित मूल्य लागू हुँदै

काठमाडौं ! नेपाल आयल निगमले आज आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गर्ने भएको छ । हरेक अंग्रेजी महिनाको १६ तारिखमा भारतबाट नयाँ मूल्यसूची आउने गरे अनुसार आज आइतबार पनि भारतबाट नयाँ मूल्य आउने र सोही आधारमा स्वचालित मूल्य लागु हुने निगमका अधिकारीले बताएका छन् ।

‘भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ, घटेर आए स्वतः घट्छ, बढेर आयो भने पनि स्वतः बढ्छ’ निगमका एक कर्मचारीले भने, ‘आजबाट पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ लागू हुँदैछ ।’

भारतबाट आएको मूल्यमा निगमले ३ प्रतिशत नाफा राख्ने छ । एलपी ग्यासमा भने नाफा राखिने छैन ।

निगमलाई स्वचालित मूल्य कायम गर्न जनस्तरबाट दबाब थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *