भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य

काठमाडौं ! भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको मूल्य बढेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

शुक्रबार  प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटरमा ३७ पैसा बढेर र पेट्रोलमा प्रतिलिटर ८६ पैसा बढेर आएको निगमले जनाएको छ ।  आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा पठाउने गरेको छ ।

हाल बजारमा पेट्रोल प्रतिलिटर  एक सय ७५ रुपैयाँ, तथा डिजेल र मट्टितेलको एक सय ५५ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *