भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं ! भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आज बिहिबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएर पठाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा  घटेर आएको छ भने  डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घटेर आएको छ ।   आईओसीले नेपाल आयल निगमलाई हरेक १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँने गरेको छ ।

हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *