भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं ! भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले खाना पकाउने ग्यास बाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।  ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेर आएको छ भने  डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेर आएको छ । त्यस्तै मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ ।

आईओसीले नेपाल आयल निगमलाई हरेक १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *