सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल अब प्रतिलिटर रु. १६० मा पाइने

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुन: बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजे देखि लागू हुनेगरी मूल्य बढाएको हो ।

निगम संचालक समितिको बैठक मंगलबार बसेको थियो । उक्त बैठकले राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूलय बढेकाले नेपालमा पनि बढाउन बाध्य परेको निगमले जनाएको छ ।

यो सँगै अब पेट्रोल प्रतिलिटर रु १६० पुगेको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको हो । त्यस्तै डिजेलको पनि खुद्रा मूल्य १६० (प्रतिलिटर) र मट्टीतेल १४३ रुपैयाँ कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *