इन्धन खरिद सम्झौता नविकरणको तयारी

काठमाडौं । नेपालको पेट्रोलियम पदार्थ खरिदका लागि भारतसँग गरेको नवीकरण हुने भएको छ । प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार नेपालको तर्फबाट छलफल सुरू भएको छ ।

भारतसँगको सम्झौता यही मार्च २७ तारिखमा सकिने भएकाले नवीकरणका लागि छलफल थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । दुई देशबीच सहसचिवस्तरीय भर्चूअल बैठक भएको मन्त्रालयको भनाइ छ ।

नेपालको तर्फबाट मन्त्रालयकी सहसचिव राधिका अर्याल र भारतको तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव इशा श्रीवास्तवबीच भर्चुअल छलफल भएको हो ।

बैठकमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि अमलेखगञ्ज–चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन विस्तार, मोतिहारी–अमलेखगञ्जको पाइपलाइन सुरक्षा व्यवस्था लगायत विषयमा पनि छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । खरिद सम्झौता समयमै नवीकरण गर्ने विषयमा दुवै पक्ष सहमत भएको बताइएको छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *