फेरि बढ्ने भयो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौँ – इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा आइओसीले नयाँ मूल्य सूची पठाएको हो ।

आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ९५ पैसाले बढेर आएको निगम जनाएको छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ । निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *