सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौँ — नेपाल आयल निगमले फेरि पेट्राेलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । ‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेर आएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *