आयम निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं !  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले बुधबार एक सूचना जारी गर्दै डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको जानकारी दिएको हो।

निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले
गरेको निर्णय अनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ।

यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

हेर्नूहोस् पूरा सूचना: